site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रामथानमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा स्थानीय तह निर्वाचनलाई लक्षित गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले ग्रामथान गाउँपालिकाको केन्द्र तेतरियामा शुक्रबार कार्यालय उद्घाटन गरेका छन् ।

कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत भट्टराईले सर्वदलीय छलफल समेत राखेका छन् । त्यसक्रममा निर्वाचनलाई मर्यादित र भयरहित रूपमा सम्पन्न गर्न राजनीतिक दलको भूमिका महत्त्वपूर्ण हुने बताए ।

मुख्य निर्वाचन अधिकृत भट्टराईका अनुसार निर्वाचन कार्यक्रम यही मंसिर २ गतेबाट सुरु हुनेछ । उमेदवारको मनोनयन बिहान १० बजेबाट दललाई तोकिएको समयअनुरुप हुने बताइएको छ ।

ग्रामथानमा २०७९ को निर्वाचनमा निर्वाचित जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ग्रामथानमा २६ हजार ४४ मतदाता छन् । ग्रामथानमा मुख्य राजनीतिक दलहरूले उमेदवार समेत टुंगो लगाइसकेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro