site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
धनगढीमा मृत भेटिएकी किशोरीको गोजीमा कविता : नारीको सम्मान गरौँ, स्वतन्त्रता दिऔँ
SkywellSkywell

काठमाडौं । कैलालीमा मृतावस्थामा भेटिएकी १५ वर्षीया किशोरी आस्था शर्माको गोजीमा कविताको अंश फेला परेको छ । गएको सोमबार ‘स्कुल जान्छु’ भन्दै घरबाट निस्किएकी १५ वर्षीया आस्था आज मृतावस्थामा फेला परेकी हुन् ।

धनगढी उपमहानगरपालिका–१३, मोहनपुरकी आस्था गएको सोमबारदेखि बेपत्ता भएकी थिइन् । 

कैलाली भएर बग्ने मोहना नदी किनारमा शुक्रबार उनको शव फेला परेको हो । उनको गोजीमा भिजेको अवस्थामा कागजको टुक्रा भेटिएको र त्यसमा कविताको लाइन रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी बेदप्रकाश जोशीले बताए ।

Dabur Nepal
NIC Asia

धनगढी–२, मोहना किनारमा उनको शव फेला परेको हो । डीएसपी जोशीले भने, “शव गल्ने अवस्थामा भेटिएको हो । उनको पाइन्टको गोजीमा एक कागज फेला पर्यो । त्यसमा नारीको सम्मान गरौं, स्वतन्त्रता दिऔँ भनेर कविता लेखिएको छ । सबै अक्षर भने चिन्न सकिने अवस्थामा छैनन् ।”

कविताको अन्त्यमा उनले कवयत्री भन्दै आफ्नो नाम लेखेकी छन् ।

आस्था सोमबार बिहान ‘स्कुल जान्छु’ भन्दै विद्यालयको पोसाकमा घरबाट निस्किएकी थिइन् । उनी बोराडाडीस्थित त्रिभुवन माविको कक्षा–८ मा अध्ययनरत थिइन् ।

आस्था आफ्नो साथीसँग आइतबार साँझ एक शिक्षकलाई भेट्न उनको घर पुगेको खुलेको छ । विद्यालयबाट सरुवा भएका शिक्षकलाई भेट्न गए पनि उनी घरमा नभेटिएको खुलेको प्रहरी अधिकारीहरू बताउँछन् ।

सोमबार उनी अरू दिनभन्दा छिटो घरबाट निस्किएको प्रहरी अनुुसन्धानबाट खुलेको छ ।

उनले घरमा आफ्नी बहिनीलाई ‘आफूले मन पराएको केटाले नभेटे आफू बेपत्ता हुन्छु’ भनेको सूचना प्रहरीले पाएको थियो । घटना सम्बन्धमा प्रहरीले उनका साथीसहित शंकास्पद व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ ।

प्रहरीले उनले मन पराएको भनेका युवकसँग पनि सोधपुछ गरेको थियो । शवको पोष्टमार्टम पछि अनुसन्धानबाट केही खुल्न सक्ने डीएसपी जोशी बताउँछन् । प्रारम्भीक रुपमा उनले हाम फालेर आत्महत्या गरेको प्रहरी आशंका छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro