काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)ले चाडपर्वहरूलाई लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत हुने सम्पूर्ण अनलाइन कारोबारमा नगद फिर्ता योजना ल्याएको छ ।
बैंकको कार्डवाहकहरूले विभिन्न अनलाइनमार्फत सामान तथा सेवाहरू खरिद गरी बैंकको कार्डबाट भुक्तानी गर्दा कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम एक हजार ५०० रुपैयाँसम्म नगद फिर्ता पाउने छन् ।
बीओकेका अनुसार यस नगद फिर्ता योजना भदौ २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगद फिर्ता योजनाअन्तर्गत बैंकको कार्डवाहकहरूले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्नेछ र कारोबार रकम १० हजार वा सोभन्दा बढी हुनपर्नेछ ।
बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।