देश
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उपत्यकाको पुरानो बजार असन पुगेको छ । वडाले दिएको अल्टिमेटम सकिएपछि महानगरको टोली निरीक्षणमा असन पुगेको हो ।
आइतबार वडा नम्बर २५ ले इन्द्रचोकस्थित सन्तानेश्वर महादेव मन्दिर, असन क्षेत्रका मन्दिर आसपासका अवैध संरचना भत्काउन २४ घण्टे अल्टिमेटम जारी गरेको थियो ।
अल्टिमेटमअनुसार व्यापारी आफैले हटाए÷नहटाएको निरक्षीण भइरहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । महानगरले भदौ ६ गतेदेखि अवैध संरचना हटाउने अभियान थाल्दै आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९ १२:३५
प्रतिक्रिया दिनुहोस्