site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भारतीय सेना प्रमुख मनोज पाण्डेको नेपाल भ्रमणलाई ‘अग्निपथ योजनासम्बन्धी अन्योल अन्त्य गर्ने अवसरका रूपमा प्रयोग गर्नु उपयुक्त हुनेछ । ’भारतले सैनिक भर्तीका लागि सुरु गरेको  विवादास्पद नयाँ ‘अग्निपथ योजना’का कारण नेपाल र भारतबीचको सम्बन्धमा पनि पार्ने लक्षण देखिएको छ ।  
 
गोर्खा सैनिकको भर्ती पनि ‘अग्निपथ योजना’अनुसारै हुने भारतीय निर्णयलाई नेपालले अस्वीकार गरेपछि अहिले भारतीय सेनामा नेपाली भर्ती रोकिएको छ । नेपालले ‘अग्निपथ योजना’को हालको स्वरूपमा मात्र असहमति जनाएको भए पनि भारतीय सञ्चार माध्यमहरूमा भने यसलाई भारत विरोधका रूपमा अर्थ्याइएको देखिन्छ ।
 
अहिले भारतका सेनाप्रमुख जनरल मनोज पाण्डे नेपाल भ्रमणमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार जनरल पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’को दर्ज्यानी चिह्न प्रदान गरिन् । नेपाल र भारतका सेना प्रमुखहरूलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा दिइने प्रचलन भारत स्वतन्त्र भएदेखि नै प्रचलित छ ।
 
जनरल पाण्डे मूलतः मानार्थ महारथीको दर्ज्यानी चिह्न लिने औपचारिकताका लागि नेपाल आएका भए पनि उनको पाँच दिने भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारका उच्चपदाधिकारीसँग भेटवार्ताको कार्यक्रम छ । नेपाली सेनाका उच्चअधिकृतहरूसँग त उनको दुई पक्षीय वार्ता हुने नै भयो ।
 
यस क्रममा हाल रोकिएको गोर्खा भर्तीका सम्बन्धमा नेपालको दृष्टिकोण स्पष्ट पार्नु उचित हुनेछ । नेपालले अहिले भारतीय सेनामा नेपालीको भर्ती नै रोकेको होइन । नेपाली युवालाई ‘अग्निपथ योजना’अन्तर्गत ४ वर्षमात्रका लागि भारतीय सेनामा भर्ना गर्ने योजनामा असहमति जनाएको हो ।

उच्च सैनिक तालिम लिएका युवा ४ वर्षमै बेरोजगार भएर फर्केका अवस्थामा उत्पन्न हुनसक्ने परिस्थितिको अहिले यथार्थ आकलन पनि गर्न सकिँदैन । सैनिक तालिमबाट फर्केका अपराध कर्ममा लागे वा ‘भाडाका सेना’मा भर्ना हुन गए त्यो नेपालका लागि अत्यन्त दुर्भाग्यपूर्ण हुनेछ ।
 
यसैले भारतले गोर्खा भर्तीका लागि अलग्नै नियम नअपनाउने नै हो भने नेपालले पनि ‘अग्निपथ योजना’अन्तर्गत नेपाली युवाको भर्ती रोक्ने निर्णयमा अडिनुपर्छ । फलस्वरूप, केही वर्षमा भारतीय सेनामा नेपाली नागरिकको उपस्थिति शून्य हुनसक्छ । त्यस स्थितिमा नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पनि व्यवहारमा भङ्ग हुनपुग्नेछ ।    
 
भारतीय सेनामा नेपाली भर्ती कायमै राख्ने हो भने भारतले नेपालको संवेदनशीलताको सम्मान गर्नु जरुरी हुन्छ । राजनीतिक नेतृत्वलाई भन्दा सुरक्षा संवेदनशीलताको जानकारी गराउन सैनिक नेतृत्वलाई स्वाभाविकरूपमै सहज हुन्छ । यसैले जनरल पाण्डेको भ्रमणकै अवसरमा दुवै पक्षबीच ‘अग्निपथ योजना’मा नेपाली युवाको भर्तीका सम्बन्धमा नेपालको चिन्ता स्पष्टसँग अभिव्यक्त गर्नु उचित हुनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  ११:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement