देश
विराटनगर । प्रहरीले मोरङको विराटनगर महानगरपालिका १२ बाट इलेक्ट्रोननिक सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ ।
विराटनगर महानगरपालिका १६ बस्ने ५६ वर्षीय ट्रक चालक राम विवेक महतोले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामानसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ना ख ३ ख ३०८७ नम्बरको ट्रकमा ल्याएको इलेक्ट्रोनिक सामान र ट्रकसहित करिब ३६ लाख रुपैयाँ बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
आवश्यक कारबाहीका लागि ट्रकसहित सामान राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९ १८:०४
प्रतिक्रिया दिनुहोस्