site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
टुँडिखेलमा गौरा पर्वको रौनक (तस्बिरहरू)

काठमाडौं । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व गौरा काठमाडौंमा पनि मनाइएको छ । शनिबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरी यो पर्व मनाइएको हो ।

भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमको आयोजना गरी गौरा पर्व मनाइने गरिन्छ । सुदूपश्चिमेलीले यो पर्व धुमधामका साथ मनाउने गर्छन् ।

गौरा पर्वले धार्मिक आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्‍याउनुका साथै व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार टुँडिखेलमा प्रशंसा संरक्षण समूहले आयोजना गरेको कार्यक्रममा सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने नेताहरूको पनि उपस्थिति थियोे । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, नेकपा (एमाले)का नेता भीम रावल, नेपाली कांग्रेसका नेता रमेश लेखक, प्रतिनिधिसभा सदस्य निरा जैरु, नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलगायत व्यक्ति उपस्थित थिए । उनीहरूले देउडा गाएर नाचगान गरेका थिए ।

सत्ययुगमा हिमालयपुत्री पार्वतीले ‘महादेव स्वामी पाऊँ’ भनी जल, जंगल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको किंवदन्ती छ ।

थप तस्बिर हेर्नोस्–

हरिश_गौरापर्व_12khariphoto-1081662215105.jpg

हरिश_गौरापर्व_12khariphoto-1091662215105.jpg

_गौरापर्व_12khariphoto-1051662215104.jpg

_गौरापर्व_12khariphoto-1061662215104.jpg

_गौरापर्व_12khariphoto-1071662215104.jpg

_गौरापर्व_12khariphoto-1031662215103.jpg

 

हरिश_गौरापर्व_12khariphoto-991662215102.jpg

हरिश_गौरापर्व_12khariphoto-1001662215102.jpg

हरिश_गौरापर्व_12khariphoto-1021662215102.jpg

_गौरापर्व_12khariphoto-971662215101.jpg

_गौरापर्व_12khariphoto-981662215101.jpg

_गौरापर्व_12khariphoto-951662215100.jpg

_गौरापर्व_12khariphoto-961662215100.jpg

प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्