काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रीलंकामा हुने साफ यू-१७ पुरुष च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीलाई बिहीबार बिदाइ गरेको छ ।
नेपाली युवा टोलीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइराला लगायत एन्फाका पदाधिकारीले बिदाइ गरे।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ । नेपाली टोली उर्जन श्रेष्ठको प्रशिक्षणमा छ ।
प्रतियोगितामा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा भारत र भुटान छन् । साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानसँग ७ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ । यस्तै, नेपालले दोस्रो खेलमा भारतसँग ९ सेप्टेम्बरमा खेल्नेछ ।
समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेका छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
नेपाली टोली ः
गोलकिपर : क्रिसल मोक्तान, समीर चन्द, रुबिन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सिमान्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापामगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की, धिरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दर्लामी, हरिशराज भट्ट, लच्छु थापा
फरवार्ड : निरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम ।