![विश्वप्रकाश शर्मा झापा–१ बाट सर्वसम्मत उमेदवार सिफारिस](https://12khari.top/uploads/posts/Bishwoprakash1620018881.jpg)
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–१ का सभापति इन्द्र बुढाथोकीले जानकारी दिए ।
आज संघीय संसद्को उमेदवार सिफारिसका लागि क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरूको संयुक्त बैठक पार्टीको क्षेत्रीय कार्यालय धुलाबारीमा बसेको थियो । “झापा निर्वाचन क्षेत्र नम्बर–१ का लागि महामन्त्री शर्मा मात्र आकांक्षी हुनुहुन्थ्यो, सबैले उहाँलाई समर्थन जनाउनुभयो,” उनले भने ।
मेचीनगर नगरपालिका–९, धुलाबारी निवासी शर्मा यसअघिका दुई निर्वाचनमा पनि सोही क्षेत्रबाट नेपाली कांग्रेसका उमेदवार भएका थिए ।
यसैगरी, नेपाली कांग्रेसबाट झापा–१ को प्रदेश ‘क’का लागि बालाजित राई, तारावीर कटुवाल र गोपाल तामाङलाई प्रदेशसभा सदस्यमा उमेदवार सिफारिस गरिएको छ ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
झापा–१ प्रदेश ‘ख’का लागि लोकराज ढकाल, प्रेम सम्बाहाम्फे, लालबहादुर थेबे, देवेन्द्र गौतम र खड्ग पन्दाकको नाम प्रदेशसभा सदस्यका लागि उमेदवार सिफारिस गरिएको छ । रासस