site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बबई नदी सतर्कता तह नजिक, बहाव बढ्ने क्रम जारी, उच्च सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर

काठमाडौं । देशका विभिन्न ठाउँमा आज बिहानैदेखि वर्षा भइरहेको छ । कतिपय भू–भागमा गएराति देखि नै पानी परिरहेको छ । 

बबई नदी जलाधारको चेपाङ, धनवास र आसपास पछिल्लो तीन घण्टादेखि भारी वर्षा भइरहेको छ । बबई नदी चेपाङमा आकस्मिक बहाव भई जलसतह सतर्कता तह आसपास पुगेको छ । र, बहाव बढ्दो क्रमका रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बबई तटीय क्षेत्र र बर्दियाको डुवान भइरहने होचा स्थानमा बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

बाराको निजगढ र आसपासको क्षेत्रमा पछिल्लो पनि भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको छ । 

सप्तरीको बरमझिया र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने स–साना नदीहरूमा आकस्मिक बहाव हुनसक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 

गोरखाको बारपाक र आसपासको क्षेत्रमा पनि भारी वर्षा भएको छ । दरौंदी नदी र अन्य स–साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले तटीय क्षेत्रमा हुनेहरूले बिहानसम्म उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ । 

आज दिउँसो मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । प्रदेश–१, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा आज राति भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro