देश
काठमाडौं । प्रदेश नम्बर ४ र ५ जोड्ने झोलुंगे पुलको मर्मत कार्य सकिएको छ । टीबीएसयु र उपभोक्ताको श्रमदान गरी करिब २२ लाख रुपैयाँ लागतमा उक्त पुलको मर्मत कार्य सकिएको हो ।
२०७३ साउनमा आएको बाढीले स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पा जोड्ने अर्थात प्रदेश नम्बर ४ र ५ जोड्ने मुख्य पुलमा क्षति पुर्याएको थियो ।
बाढीले क्षति पुर्याएको पुलबाटै जोखिमका साथ यात्रुले पार गर्नुपर्ने अवस्थाको मर्मतपछि अन्त्य भएको छ । पाल्पा र स्याङ्जाका लाखौं यात्रुले प्रयोग गर्ने उक्त पुलको मर्मतपछि सहज भएको स्थानीयबासिन्दाले जनाएका छन् ।
तस्बिर सौजन्य, टिबिएसयु पोखरा
प्रकाशित मिति: सोमबार, भदौ १९, २०७४ १८:०४
प्रतिक्रिया दिनुहोस्