देश

काठमाडौं । २८ दिनदेखि सडक आन्दोलनरत शिक्षकले सरकारसँग आज (वैशाख १६) सहमति नभए सामूहिक गिरफ्तारी दिने भएका छन् । नेपाल शिक्षक महासंघका महासचिव ज्ञानेन्द्र रावलले सहमति हुने सम्भावना बलियो रहेको बताए ।
“हिजो राति नै सहमति भइसकेको थियो । तर, पछि भाँडियो । सरकारसँगको वार्ता जारी छ । आज राति १२ बजेसम्म भए पनि सहमति हुनैपर्छ भन्ने छ,” उनले बाह्रखरीसित भने, “यदि, सहमति भएन भने भोलिदेखि निषेधित क्षेत्रमा सामूहिक गिरफ्तारी दिन्छौँ । आन्दोलन झनै चर्काउछौँ ।”
सोमबार (वैशाख १५) मध्यरातसम्म शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षकबीच वार्ता भएको थियो । मन्त्रालयले पनि आज सहमति हुनेमा आशावादी रहेको जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्