site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धरानबाट चोरिएको बस पाटपुर्जाविहीन अवस्थामा विराटनगरमा फेला

विराटनगर । सुनसरीको धरानबाट चोरी भएको एउटा बस विराटनगरमा भेटिएको छ । विराटनगर ल्याएर पाटपुर्जा निकालेर बेच्न ठिक पारेको अवस्थामा प्रहरीले उक्त बस फेला पारेको हो । 

धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट प्रदेश १-०२-००१ ख ९७४९ नम्बरको बस हराएको थियो । मंगलबार दिउँसो विराटनगर महानगरपालिका–१२ मा अवस्थित मंगलबारेमा बस भेटिएको हो । 

शुक्रबार राति धरानबाट बस हराएको प्रहरीले जनाएको छ । बसका पाटपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहको कवाडी गोदाममा फेला परेको छ ।

सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ । धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको प्रहरीले जनाएको छ । 

बस कसले चोरेर विराटनगर ल्याएको थियो भन्ने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बेबारिसे अवस्थामा बस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।‌

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro