
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १५ अंकले घटेको छ । मंगलबारको कारोबारमा बजार मापक १५.०८ अंकले घटेको हो । यससँगै बजार २६३१.९८ विन्दुमा झरेको छ ।
बजार घट्दा ५७ कम्पनीको सेयर मूल्य बढेको छ । १८८ कम्पनीको सेयर मूल्य घटेको छ । सात अर्ब ५७ करोड ५२ लाख ६ हजार रुपैयाँ बराबरको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिद बिक्री भएको छ ।
क्रेष्ट माइक्रो फाइनान्स तथा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । भूगोल इनर्जी, राधी विद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
मध्य भोटेकोसी जलविद्युत् कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीनलाइफ हाइड्रोलगायत कम्पनी धेरै गुमाउने शीर्ष स्थानमा रहे ।
समूहगत उपसूचकतर्फ म्युचअल फन्डबाहेकका कम्पनी राताम्मे देखिए ।
म्युचअल फन्ड ०.०७ प्रतिशतले बढ्यो । घट्नेमा सबैभन्दा धेरै फाइनान्स समूहसूचक १.२२ प्रतिशत घटेको छ ।