site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथको दर्शन गरी फर्कँदै । तस्बिर स्राेत : रासस
Siddhartha BankSiddhartha Bank

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुशपतिनाथको दर्शन गरेकी छन् । मंगलबार हरितालिका तीजको अवसरमा राष्ट्रपति भण्डारीले पशुपतिनाथको दर्शन गरेकी हुन् । 

वैदिक सनातन हिन्दु धर्मावलम्वीहरूको पर्व हरितालिका तीजको दिन राष्ट्रपति भण्डारीले पशुपतिनाथ भगवानको दर्शन र पूजा,आराधना गरिन् । 

दर्शनका लागि पशुपतिनाथ पुगेकी राष्ट्रपति भण्डारीको सुरक्षाका लागि मन्दिर परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन हरितालिका तीज मनाउने गरिन्छ । यस वर्ष पनि हिन्दु नारीहरूले हर्षोल्लासका साथ तीज मनाएका छन् ।

आज देशभर पशुपतिसहित देशका विभिन्न शिवालयमा व्रतालु महिलाको भिड लागेको थियो । आज महादेव र देवी पार्वतीको व्रत बसेर पूजा आराधना गरे पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास रहेको छ । सत्ययुगमा

Global Ime bank

हिमालय पुत्री पार्वतीले निराहार व्रत बसी महादेवलाई प्राप्त गरेको धार्मिक मान्यता अनुसार तीज मनाउने चलन छ ।

हिजो (सोमबार) दर खाएपछि औपचारिक रूपमा सुरु भएको यो पर्व बिहीबार ऋषि पञ्चमीसम्म मनाइन्छ । आज तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा
गरेपछि पर्व समाप्त हुन्छ ।

तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ ।

अविवाहित महिलाले आजको दिन निराहार व्रत बसे महादेवजस्तै पति पाउने र विवाहित महिलाले भने परिवारको कल्याणका लागि व्रत बस्ने गर्दछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय