site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चाडपर्व नजिकिएसँगै तरकारी र दैनिक खाद्य वस्तुको मूल्य अकासियो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । चाडपर्व नजिकिएसँगै दाल, चामल तथा अन्य खाद्य वस्तुको मूल्य पनि बढेको छ । पछिल्लो एक महिनामा दैनिक रूपमा बढी उपभोग गरिने कतिपय खाद्य वस्तु तथा तरकारीको मूल्य अचाक्ली बढेको छ ।

साउन महिनाको र भदौ महिनाको खाद्य वस्तुको मूल्य तुलना गर्दा मासको दाल, स्टिम जिरा मसिनो चामल, सेतो केराउ, आँटा, गहुँ मैदाको मूल्य बढेको छ । यी खाद्य वस्तुको मूल्य पाँच रुपैयाँदेखि २५ रुपैयाँसम्म बढेको छ ।

नेपाल खुद्रा व्यापार संघका अनुसार एक महिनाको अन्तरालमा मासको दालको मूल्य २५ रुपैयाँ बढेको छ । गत साउन महिनामा प्रतिकिलो १६० रुपैयाँमा बिक्री गरिएको दाल भदौमा प्रतिकेजी १८५ रुपैयाँमा बिक्री भइरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुबोधकुमार गुप्ताले अहिले भारतबाट नेपालमा आउने खाद्यन्नका वस्तु कमी भएकाले पनि केही मात्रामा मूल्य बढेको बताए । भारतले नेपाललगायत अन्य देशमा सामान निर्यात गर्ने हुँदा नेपालमा भन्दा अन्य मुलुकमा बढी बठाएको पनि मूल्यमा तलमाथि भएको उनको भनाइ छ ।

“मूल्य घट्बढ् सामान्य प्रक्रिया हो । तर, खाद्य वस्तुको मूल्य पाँच सात रुपैयाँ घट्बढ् हुने खासै ठुलो विषय हैन,” उनले भने, “भारतबाट सहज रूपमा सामान ल्याउन सकियो भने खाद्य वस्तुको मूल्य घट्न सक्छ ।”

Global Ime bank

तर, खाद्य तेलको मूल्य भने साउनको तुलनामा घटेको छ । रुस र युक्रेनको लगातारको द्वन्द्वले विश्व भरी नै तेलको मूल्य बढेको थियो । तर पछिल्लो समय तेलको मूल्य पाँद रुपैयाँदेखि २० रुपैयाँसम्म घटेको व्यापार संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारबाट नै खाद्य तेलको मूल्य घट्बढ हुने भएकाले अहिले घटेर आएको गुप्ताले बताए ।

mahangi p1661858076.png

तरकारीको मूल्य १५० रुपैयाँसम्म बढ्यो

पछिल्लो समय हरियो धनियाँको मूल्य बढी रहेको छ । एक समय प्रतिकेजी ६०० रुपैयाँभन्दा बढी पुगेको धनियाँको मूल्य भदौ १४ गते (आज) ३२५ रुपैयाँ कायम भएको छ । एक महिना अगाडि साउन १६ गते प्रतिकेजी १७५ रुपैयाँमा खरिद–बिक्री भएको धनियाँ प्रतिकेजी १५० रुपैयाँ बढेर कारोबार भएको छ ।

त्यस्तै, चाइनिज सुकेको लसुन, कन्या च्याउ, अदुवा, गोलभेडा तथा पाकेको फर्सीको मूल्य प्रतिकेजी १० रुपैयाँदेखि ७० रुपैयाँसम्म बढेको छ ।

मौसम अनुसारको अनुसारको तरकारी उपत्यका बाहिरबाट नआउँदा तरकारीको मूल्य बढ्को कालीमाटी बजार विकास समितिले जानकारी दिएको छ । समितिका उपनिर्देशक तथा प्रवक्ता विनय श्रेष्ठले वर्षाका कारण उपत्यका बाहिरबाट आउने तमातर तथा केही त्यस्ता मसलेदार तरकारीको मूल्यबाहेक अरू खासै नबढेको जानकारी दिए ।

अरू वर्षको तिजमा जस्तो यो वर्षको तिजमा तरकारीको मूल्य त्यति धेरै नबढेको उनको भनाइ छ । तर, बेमौसमी तरकारीको मूल्यमा भने केही मात्रामा मूल्य बढ्ने स्वाभाविक भएको उनी बताउँछन् ।

“अहिले तरकारीको मूल्य त्यस्तो धेरै बढेको छैन । कुनै कुनै मसालेदार तरकारीको मूल्य बढ्नु स्वाभाविक हो,” उनले भने, “तर, यो वर्षको तरकारीको मूल्य अघिल्ला वर्षहरूको जस्तो बढेको छैन ।”

मसलेदार तरकारीबाहेक अन्य तरकारीको मूल्य भने कुनै स्थिर छ भने कतिपयको मूल्य घटेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement