site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गगनले ‘प्रकाश’ हेरेर भने– बेपत्ता परिवारको सशक्त कथा
Sarbottam CementSarbottam Cement

काठमाडैं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ केही राजनीतिज्ञले पनि हेरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि चलचित्र ‘प्रकाश’ हेरेका छन् । उनले चलचित्र प्रकाश सशक्त रहेको पनि बताएका छन् । 

थापाले ‘प्रकाश’ले धेरै कुराहरु भनेको भन्दै आफूलाई बेपत्ता परिवारको कथा सशक्त लागेको बताए । जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहनेलाई चलचित्रले आफ्नो ठाउँमा बसेर जुम्ला देखाउन सक्षम रहेको उनको भनाइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संसदमा द्वन्द्वमा बेपत्ता नागरिकका सन्दर्भमा विधेयक बनिरहेको भन्दै थापाले यही सन्दर्भमा ‘प्रकाश’ हेर्दा बेपत्ता नागरिकको परिवारको पीडालाई थप नजिकबाट नियाल्न पाएको बताए । “विधेयकमाथि छलफल हुँदै गर्दा हामीले वेपत्ता नागरिकका बारेमा सामान्यिकरण गर्दै गएका छौं । यति हजार मान्छे मरे, यति बेपत्ता भए भनेर समान्यिकरण गर्दै गर्दा ति प्रत्येक वेपत्ता वा मृत्तकसँग प्रत्येक एउटा कथा जोडिएको छ,” उनले भने, “परिवार जोडिएको छ, समाज जोडिएको छ । प्रकाशले मलाई त्यसतर्फ झकझकाएको छ ।” 

चलचित्रका निर्माता महेन्द्र अधिकारीले अर्थमन्त्री जनादर्शन शर्मालाई पनि भेटेर चलचित्र हेर्ने निम्तो दिएका छन् । सोमबार मन्त्रालयल पुगेर अधिकारीले चलचित्र हेर्ने निम्तो दिएका हुन् । “अर्थमन्त्री नेपाली चलचित्रलाई लिएर निकै धेरै सकारात्मक रहेको मैले पाएँ । नेपाली चलचित्रको विकास र विस्तारमा उहाँले सबैले पहल र सहयोग गर्नुपर्छ भन्नु भएको छ,” अधिकारीले भने, “नेपाली भाषाको चलचित्रको विकासका लागि समाजका हरेक पक्ष सकारात्मक हुनुपर्ने र दायित्त्वबोध गर्नुपर्ने बताउनु भयो ।” अनुकुल मिलाएर चलचित्र ‘प्रकाश’ हेर्ने बताएको उनले जानकारी दिए । 

Global Ime bank

चलचित्रले बर्गिय विभेदसहित अन्य धेरै पक्ष देखाएको भन्दै थापाले नेपाली चलचित्र हेर्न आग्रह गरे ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रले शिक्षक बन्न एक युवाले गरेको संघर्षको पृष्ठभूमिमा कथा भनेको छ । विकास सुबेदीको लेखन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ ।

महेन्द्र अधिकारीको निर्माण रहेको चलचित्रमा राजेश श्रेष्ठको छायांकन छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय