site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कामदार भिसामा आउँछन् चीनदेखि दक्षिण कोरियासम्मका भिक्षु, बिहार तथा गुम्बाबाट बाहिर निस्कँदैनन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । लुम्बिनी क्षेत्रमा रहेका अन्तर्राष्ट्रिय बिहार तथा गुम्बामा केही समयको लागि बस्न आउने विदेशी भिक्षुहरु कामदार (वर्किङ) भिसामा नेपाल आउने गरेको पाइएको छ ।   अन्तर्राष्ट्रिय बिहार तथा गुम्बाहरुमा रहेका भिक्षुहरुलाई उपलब्ध गराउने भिसा स्पष्ट नभएको कारण उनीहरुलायई कामदार भिसा उपलब्ध गराउँदै आइएको भनाई अध्यागमनको छ । 

“मन्त्रिपरिषद्को निर्णयअनुसार गृहमन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट सिफारिस भएर आएपछि हामी भिसा दिन्छौं,” अध्यागमन विभागका महानिर्देशक कोषहरी निरौलाले बाह्रखरीसँग भने । 

लुम्बिनीका अन्तर्राष्ट्रिय बिहार तथा गुम्बामा आउने भिक्षुलाई कामदार भिसा निःशुल्क उपलब्ध गरिँदै आइएको छ । उनीहरुलाई एकवर्ष अवधिको कामदार भिसा दिइने गरिन्छ । यस्तो व्यवस्था मिन्त्रपरिषद्को बैठकले गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“लुम्बिनी बिहार क्षेत्रमा रहेका प्रत्येक गुम्बा/बिहार लगायतका संस्थामा काम गर्न निश्चित संख्यामा विदेशी नागरिकहरुलाई मन्त्रालयको सिफारिसमा गृहमन्त्रालयले एक पटकमा बढीमा एक वर्षको लागि निःशुल्क भिसा जारी गर्न वा भिसाको म्याद थप गर्न स्वीकृति प्रदान गर्ने,” २०७६ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । 

अध्यागमन विभागका महानिर्देशक निरौलका अनुसार मन्त्रिपरिषद्को सोही निर्णयको आधारमा लुम्बिनीको बिहार तथा गुम्बामा आउने विदेशी भिक्षुलाई कामदार भिसा दिइँदै आइएको छ । 

Global Ime bank

विदेशी भिक्षुलाई कामदार भिसा दिनको लागि २०७६ कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को निर्णयमा टेकेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७६ पुस ४ गते अर्को निर्णय गरेको देखिन्छ । 

विदेशी भिक्षुलाई कामदार भिसा दिने प्रमुख आधार मन्त्रिपरिषद् र संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयको निर्णयलाई मानिएको छ । पर्यटन मन्त्रालयले उक्त निर्णयको प्रति तुरुन्तै लुम्बिनी विकास कोषलाई पठाएको थियो । 

२०७६ पुस ४ गतेको संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयको पत्रमा भनिएको छ, “मन्त्रिपरिषद्को २०७६ कात्तिक २९ मा निर्णय अनुसार लुम्बिनी विकास कोषसँग भएको सम्झौता बमोजिमको अवधिभर लुम्बिनी विहार क्षेत्रमा रहेका प्रत्येक गुम्बा/विहार लगायतका संस्थामा १०/१० जनासम्म विदेशी नागरिकहरुलाई काम गर्न मन्त्रालयको सिफारिशका आधारमा गृह मन्त्रालयले एक पटकमा बढीमा एक वर्षको लागि निःशुल्क भिसा जारी गर्न वा भिषाको म्याद थप गर्न स्वीकृति प्रदान गर्न भएको हुँदा जानकारी एवं आवश्यक कार्यार्थ निर्णयको फोटोकपी यसै पत्रसाथ संलग्न गरि पठाएको व्यहोरा आदेशानुसार अनुरोध छ । तहाँ कोषबाट विदेशी नागरिकको भिसा सिफारिस गर्दा पत्येक बिहारबाट १० जना नबढाई सिफारिस गरि पठाउन हुन समेत अनुरोध छ ।” 

लुम्बिनी विकास कोष बिहार क्षेत्र, विनियमावली २०५८ मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि ५ जना भिक्षु/भिक्षुणी राख्न पाइने व्यवस्था गरिएको छ । 

विनियमावलीमा ती भिक्षु/भिक्षुणीको सहयोगीको रुपम थप ५ जना विदेशी नागरिक बस्न पाउने उल्लेख छ । अर्थात विहार तथा गुम्बामा १० जना विदेशी बस्न पाउने व्यवस्था विनियमावलीमा छ । 

“पयर्टन मन्त्रालय र गृह मन्त्रालयले दिने कार्य सहमति सिफारिसका आधारमा हामी लुम्बिनीका विहार तथा गुम्बामा आउने भिक्षुहरुलाई श्रम स्वीकृति दिन्छौं,” श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निर्देशक तथा प्रवक्ता मणिनाथ गोपले बाह्रखरीसँग भने, “हामीले श्रम स्वीकृति दिएपछि अध्यागमन विभागले वर्किङ भिसा दिन्छ ।” 

श्रम विभागले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामा १ हजार ७३९ जना विदेशीलाई नेपालमा काम गर्न श्रम स्वीकृति दिएको छ । यीमध्ये ६६८ जनालाई नयाँ श्रम स्वीति दिइएको हो भने १ हजार ७१ जनाको श्रम स्वीकृति नवीकरण गरिएको हो । 

“चालु आर्थिक वर्षको पहिलो नौ महिनामा लुम्बिनीका विहार तथा गुम्बामा आउने ४३ जना भिक्षुलाई विभागले श्रम स्वीकृति दिइसकेको छ,” श्रम विभागका प्रवक्ता गोपले जानकारी दिए । उनीहरुलाई दिने भिसाको अवधि एक वर्षको हुनेगर्छ । 

विगभाले गत आर्थिक वर्ष २०७९/८० मा २ हजार ९९४ जना विदेशीलाई नेपाललाई काम गर्न श्रम स्वीकृति प्रदान गरेको थियो । पछिल्लो करिव साढे सात वर्षको अवधिमा विभागले १२ हजार ८२५ जना विदेशीलाई श्रम स्वीकृति दिएको छ । यीमध्ये ९ हजार ८२ जना चिनियाँ नागरिक थिए । 

लुम्बिनी विकास कोषका अनुसार विदेशबाट भिक्षुहरु विहरा तथा गुम्बामा पुजापाठको लागि आउने गर्छन् । “अहिले लुम्बिनीका बिहार तथा गुम्बामा ३५ देखि ४० जना विदेशी भिक्षुहरु हुनुहुन्छ,” कोषका वरिष्ठ प्रशासकिय अधिकृत चुणामणि भट्टराईले बाह्रखरीलाई जानकारी दिए । 

थाइल्यान्ड, श्रीलंका, कम्बोडिया, म्यानमार, दक्षिण कोरिया, चीन, जर्मनी, भियतनामलगायतका देशबाट लुम्बिनीका बिहार तथा गुम्बामा भिक्षु आउने गरेको उनले बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement