site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी सर्वसम्मत

विराटनगर । मोरङ उद्योग व्यापार संघको ३४औँ कार्यसमितिको अध्यक्षमा अनुपम राठी निर्वाचित भएका छन् । संघको सोमबार सम्पन्न निर्वाचन प्रक्रियामा उनी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा अनिलकुमार साह, वाणिज्य उपाध्यक्षमा अनिल सारडा, उद्योग उपाध्यक्षमा विकासकुमार बेगवानी, महासचिवमा सञ्जयकुमार श्रेष्ठ, सचिवमा अमितकुमार शारदा, कोषाध्यक्षमा राजेशकुमार अग्रवाल तथा प्रवक्तामा दिपेश सुवेदी चयन भएका छन् ।

साथै, बैठकमा संघको नियमबमोजिम सम्बद्ध क्षेत्र (वस्तुगत) तर्फबाट गोपाल अग्रवाल र ओमप्रकाश शर्मा, संघका शाखाहरूतर्फबाट कृष्णप्रसाद रिजाल र अध्यक्षबाट श्रीमती बन्दना जैन र धिरज मोहतालाई मनोनयन गरी २१ सदस्यीय कार्यसमिति गठन भएको छ । 

संघको नियमबमोजिम निवर्तमान अध्यक्ष नवीन रिजाल सो समितिको पदेन सल्लाहकार रहने भएका छन् ।

सोमबार, मोरङ व्यापार संघ (साविकको मोरङ व्यापार संघ)को ३४औँ कार्यसमिति सदस्यहरूको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको थियो । संघको विधान अनुसार वाणिज्यतर्फ आठजना र उद्योगतर्फ आठजना सदस्यका लागि निर्वाचन भएको थियो । त्यही संख्याको उमेदवारी दर्ता हुन गई सोही उमेदवाहरू संघको ३४औँ कार्य समितिका लागि निर्विरोध निर्वाचित भएको संघले जनाएका छ । 

कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र सञ्जीव श्रेष्ठलाई आमन्त्रित सदस्यको रूपमा मनोनयन गरेको छ । साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रुती शर्मा मनोनीत भएका छन् । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro