site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतमा सामूहिक बलात्कारीको रिहाइविरुद्ध देशव्यापी विरोध प्रदर्शन
SkywellSkywell

नयाँ दिल्ली । एक मुस्लिम महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा आजीवन कारावास सजाय सुनाइएका ११ जना अभियुक्तलाई रिहाइ गर्ने भारत सरकारको निर्णयविरुद्ध मुलुकभर विरोध प्रदर्शन आयोजना गरिएका छन् । 

सन् २००२ मा भएको हिन्दु र मुस्लिम समुदायबीचको साम्प्रदायिक दंगामा पीडित बिल्कीस बानोको परिवारका १४ जना सदस्य पनि मारिएका थिए । १५ वर्ष कारावास सजाय भुक्तान गरिसकेका ती अभियुक्तलाई रिहाइ गरिएको हो ।

Dabur Nepal
NIC Asia

विरोध प्रदर्शनमा संलग्न महिला तथा पुरुषले उनीहरूको रिहाइको निर्णय फिर्ता लिन सरकारलाई आह्वान गरेका छन् । 

एक प्रदर्शनकारी छात्राले महिलालाई यौन खेलौना ठान्ने र पितृसत्तात्मक सोचको कारण अहिले बलात्कार सामान्य घटनामा परिणत हुन थालेको गुनासो गरेकी छन् ।

यसैगरी एक सयजना भन्दा बढी अवकाश प्राप्त सरकारी कर्मचारीले बलात्कारीहरूलाई यसरी रिहा गरिँदा महिलाहरूको सुरक्षामा डरलाग्दो एवं नकारात्मक असर पर्ने भन्दै भारतका प्रधान न्यायाधीशलाई पत्र लेखेका छन् । 

भारतको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा १५ अगष्टमा गुजरात सरकारले उनीहरूको बाँकी सजाय मिनाहा गर्दै रिहा गर्ने निर्णय गरेको हो ।   

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  २३:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu