site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित

काठमाडौं । मंगोलियामा अचानक तापक्रम घटेर हिमपात सुरु भएसँगै जनजीवन प्रभावित भएको छ ।

उत्तरमा खुभ्सगुल, सेलेन्गे, बुल्गान, ओर्खोन, दारखान–उललगायत प्रान्त, पश्चिममा जाभखान र खोभ्द र मध्य प्रान्तहरू तुभ, अर्खानगाइ र उवुरखानगाइमा हिउँ परेको छ । सात सेन्टिमिटरसम्म हिउँ परेको बताइएको छ ।

हिमपातले यी क्षेत्रमा तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । मंगोलियाका मध्य र उत्तरी क्षेत्र कृषिका निम्ति महत्त्वपूर्ण छन् । तर, अचानक मौसम परिवर्तनले खेती र दैनिक जीवनमा यसको सम्भावित प्रभावका बारेमा चिन्ता बढाएको छ ।

मौसम अनुगमन एजेन्सीले नागरिकलाई – विशेष गरी घुमन्ते गोठाला र किसानलाई सम्भावित मौसमसम्बन्धी खतराविरुद्ध थप सावधानी अपनाउन आग्रह गरिरहेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro