काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान)ले ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड–२०२२’ भदौ २४ गते आयोजना गर्ने भएको छ ।
अवार्डको दोस्रो संस्करणमा पाँच विधामा खेलाडीलाई सम्मान गरिने सिप्यानका महासचिव पारस खड्काले बताए । उनका अनुसार वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड विधामा खेलाडीलाई सम्मान गरिनेछ ।
वर्ष उत्कृष्ट महिला, पुरुष र विशेष अवार्ड विधाका विजेताले समान एक लाख ३२ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । उदीयमान र उत्कृष्ट क्षण विधाका विजेताले समान ६६ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
महासचिव खड्काले कोभिड–१९ महामारी कारण अघिल्लो वर्ष अवार्ड हुन नसकेकाले यसपटक दुर् वर्षको प्रदर्शनलाई आधर बनाएर खेलाडीलाई पुरस्कृत गरिने बताए ।
विजेता खेलाडी छनोट गर्नका लागि पाँच सदस्यीय एक प्राविधिक समिति गठन गरिने संघका अध्यक्ष डा. मनिषराज पाण्डेले बताए । उनले उत्कृष्ट क्षण विधाका लागि अनलाइन भोटिङमार्फत विजेताको घोषणा गरिने बताए ।
सिप्यानले अवार्ड हुन नसकेपछि यसबापतको रकम चार लाख ६२ हजार रुपैयाँ सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिदिएको थियो ।