site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैन : नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् । बिहीबार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्दले यस्तो बताएका हुन् ।

उनले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गरे । माओवादी फुटेर १९ वटा भइसकेको उनको भनाइ छ । उनले माओवादी नेताहरूको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरूले मुलुकमा तरंग ल्याउने गरेको बताए ।

Dabur Nepal
NIC Asia

उनले भने, "माओवादी लड्दालड्दै धेरै बढे पनि अटाएन । छल्कियो, यताउता पोखियो भने पनि हुन्छ । साउनको भेलजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथीले डायरीमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाब हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरूमा यो बहसहरू चलिरहन्छन् नि त । विभिन्न तरंगहरू छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रो बारेमा अनकौँ खालका तर्कहरू छन् । माओवादीहरू शान्त भएर बस्ने मान्छेहरू पनि होइनौँ नि त ।"

उनले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रीकृत हुँदै जाने दाबी गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro