site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
यो साताबाट सेयर बजार लयमा फर्किएको हो ?

काठमाडौं । यो साता चार दिन सेयर कारोबार भयो । पुस १० गते बुधबार सार्वजनिक बिदा परेपछि नियमित पाँच दिन कारोबार हुनुपर्नेमा चार दिन मात्र सेयर कारोबार भयो । यो साताका चारमध्ये तीन कारोबार दिनमा नेप्से परिसूचक ४७.४२ अंकले बढ्यो ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार २५८३.२९ विन्दुमा बन्द भएको सेयर बजार यो साताको अन्तिम कारोबार दिन २६३०.७१ विन्दुमा बन्द भएको छ ।  

यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा बन्द भयो । तर, तीन कारोबार दिन सोमबार, मंगलबार र बिहीबार नेप्से बढेर २६३०.७१ विन्दुमा पुग्यो । सोमबार नेप्से परिसूचक २८.९१ अंकले बढ्यो । मंगलबार १४.३१ अंकले बढ्यो भने साताको अन्तिम दिन बिहीबार ४.१९ अंकले बढेर बन्द भयो ।

पछिल्ला चार कारोबार दिनलाई हेर्दा पनि सेयर कारोबार रकम बढ्दै गएको छ । गत साताको मंगलबारदेखि पाँच अर्बभन्दा कम मूल्यको सेयर कारोबार हुँदै आएकोमा गएको मंगलबारदेखि पुनः पाँच अर्बभन्दा बढीको सेयर कारोबार हुन थालेको छ । यो साताको मंगलबार पाँच अर्ब २० करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएकोमा यो साताको अन्तिम कारोबार दिन पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

गत साता बजार ८५.४७ अंकले घटेको थियो । गत साता चार कारोबार दिनमा तीन दिन बजार घटेको थियो भने एक दिन बजार झिनो अंकले बढेको थियो । गत साताको मंगलबार बजार २.९५ अंकले बढेको थियो ।

गत साताको सोमबार बजार ५१.३७ अंकले घटेको थियो भने सो साताको अन्तिम कारोबार दिन बजार ३१.४३ अंकले घटेको थियो । गत साता एक दिन मात्र पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो । तीन कारोबार दिनमा पाँच अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भएको तथ्यांकले देखाउँछ ।

दुई साताको तथ्यांक हेर्दा बजारका सकारात्मक माहोल बनेको जस्तो देखिन्छ । किनभने कारोबार रकम, नेप्से परिसूचक र सेयर कित्ताको कारोबार पनि बढ्दै गएको छ ।

पछिल्ला दुई साताको कारोबार दिनमा एक करोड कित्ता सेयर खरिद–बिक्री हुन पनि धौ–धौ परिरहेको अवस्थामा यो साताको अन्तिम दिन दुई करोड नौ लाख ७८ हजार ९७९ कित्ता सेयर खरिद–बिक्री भएको छ । गत मंगलबार एक करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर खरिद–बिक्री भएको थियो । यीबाहेक पाँच कारोबार दिनमा सेयर कारोबार एक करोड कित्ता पुग्न सकेको थिएन । गत साताको सोमबार भने एक करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर खरिद–बिक्री भएको थियो । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro