site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन कांग्रेस–एमाले सहमत

काठमाडौं । निजामती कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन सत्तारूढ दुई दल कांग्रेस र नेकपा (एमाले) सहमत भएका छन् । बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा कर्मचारीका ट्रेड युनियनबारे दुई दलका प्रमुख सचेतकले समान धारणा राखेका हुन् ।

विधेयकका सम्बन्धमा पार्टीका प्रमुख सचेतक तथा सचेतकहरूसँगको छलफलमा बोल्ल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कर्मचारीहरूलाई दलगत ट्रेड युनियन खोल्न दिन नहुने बताए । उनले कानुनमा समेत सरकारी संस्थामा आवद्ध व्यक्तिले कुनै पनि पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरेको उल्लेख गरे । निजामती कर्मचारीका लागि एउटा मात्र ट्रेड युनियन राख्नुपर्ने र अधिकृतभन्दा माथिल्लो दर्जाका कर्मचारीले त्यसको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, "यो पार्टीगत ट्रेड युनियन त खोल्न दिनै हुँदैन । नेपालको कानुनले पनि सरकारी पेरोलमा रहेकाहरूले कुनै पनि पार्टीको सदस्यता लिन पाइँदैन भनेर व्याख्या गरेको छ । त्यसैले हामीले यो ट्रेड युनियनहरू हामीले चाहिँ बोर्ड जम्मै झुन्ड्याएर घर बनाइदिएर राखेका छौँ । यो सबै पार्टीले गरेका छौँ । यो पार्टीकै धारणा हो ।"

बैठकमा बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीको ट्रेड युनियनलाई व्यवस्थित बनाउन जरुरी रहेको बताए । उनले कर्मचारीमा पेसागत प्रवर्द्धनको हितसँग जोडिएका कुराहरूमा बन्देज लगाउन उपयुक्त नभए पनि ट्रेड युनियनहरू राजनीतिक क्रियाकलापमा संलग्न हुने गरेको बताए ।

कर्मचारीको लागि एक मात्र ट्रेड युनियन राख्नुपर्ने धारणा राखे । राज्यको नीतिगत निर्णयमा सहभागी हुने कर्मचारीले कुनै पनि ट्रेड युनियनको सदस्यता लिन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro