काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम भदौ ५, ६, ७ गते गरेर तीन दिनसम्म चलेको थियो । कार्यक्रम उट्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका थिए । सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धिका विषयमा समीक्षा र चालु आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुईजना अभिकर्तालाई जनही एक लाखसहित विशेष सम्मान गरिएको थियो ।
नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको बोस्टनमा सम्पन्न एमडीआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।
कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरूलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो । यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरूलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । प्रथम हुनेलाई दु्ई लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार तृतीय हुनेलाई ७५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।