साहित्य
काठमाडौं । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रमा साह)को मुद्दामा आजको पेसी स्थगित भएको छ । शाहकै कानुन व्यवसायीको निवेदनमा पेसी स्थगित भएको हो ।
शाहविरुद्ध २०७८ चैत ३ गते नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग दर्ता भएर नवलपुर जिल्ला अदालतमा चलिरहेको मुद्दामा आज नियमित सुनुवाइको लागि पेसी तोकिएको थियो ।
जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको शाहविरुद्धको मुद्दाको पेसी शाहकै कानुन व्यवसायीको तर्फबाट स्थगित भएको हो ।
शाहविरुद्ध नवलपुर जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा जबरजस्ती करणीको अभियोगमा मुद्दा चलिरहेको छ । सोही मुद्दामा उनी अहिले पूर्पक्षका लागि तनहुँ कारगारमा रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १७:४७
प्रतिक्रिया दिनुहोस्