site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिसस उपप्रमुखले मागे गाडी, स्थानीय तहको ५ प्रतिशत राजस्व आफूहरूलाई दिन माग
SkywellSkywell

पोखरा । खासै भूमिका 'नभएको' र नदेखिएको जिल्ला समन्वय समितिलाई संविधानले स्थानीय तह भनेर चिन्छ । जिल्लाभित्रका स्थानीय तहका पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको मतबाट निर्वाचित हुने जिल्ला समन्वय समितिको भूमिका गौणजस्तै देखिन्छ ।

पालिका र प्रदेश सरकार भइसकेपछि जिल्लाको औचित्य नभएको भनेर बेलाबेलामा बहस पनि चल्ने गर्छ । जिल्ला समन्वय हुनु अगाडि तत्कालीन जिल्ला विकास समितिले जिल्लाभित्रको विकासे बजेट चलाउन पाउँथ्यो । अहिले त्यो काम तीन तहका सरकारले गरिरहेका छन ।

कार्यकारी भूमिका र बजेट नभएपछि प्रभावकारी नदेखिएको गण्डकीका ११ जिल्लाका समन्वय समितिहरूले आफूहरूले स्थानीय तहको ५ प्रतिशत बजेट पाउनुपर्ने भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ध्यानाकर्षण गराएका छन् । त्यसका लागि प्रदेशले ऐन बनाइदिनुपर्ने र ऐनमा नै उक्त बजेट समन्वय समितिलाई दिनुपर्ने व्यवस्था ल्याउनुपर्ने माग उनीहरूको छ ।

KFC Island Ad
NIC Asia

ध्यानाकर्षण पत्रमा लेखिएको छ, “स्थानीय सरकार तथा प्रदेश सरकारले नदीजन्य पदार्थको बिक्री वितरणबाट हुने आन्तरिक आयमा ५ प्रतिशत जिससलाई दिनुपर्ने व्यवस्था गरिनुपर्ने ।”

यस्तै, जिल्ला समन्वय समितिका उपप्रमुखलाई पनि सवारी सुविधा दिन उनीहरूको माग छ । विभिन्न १३ बुँदे मागभित्र उनीहरूले सवारी सुविधा मात्रै होइन, प्रेस विज्ञ पनि माग गरेका छन् ।

Royal Enfield Island Ad

यी सबै मागहरूलाई तीनवटा ऐन बनाएर व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ छ । 

जिससलाई जिल्ला सूचना तथा अभिलेख केन्द्रको रूपमा विकास गर्नुपर्ने उनीहरूको माग छ । उनीहरूले जिससको कार्यालयलाई 'प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यालयमा, सूचना प्रविधि विज्ञ, प्रेस तथा कानुनी सल्लाहकार भू–गर्भ, वन तथा वातावरण विज्ञ लगायत दक्ष जनशक्ति उपलब्ध गराउनुपर्ने' बताएका छन् । 

यसबाहेक, कार्यालयमा सवारी साधन नभएको जिल्लामा तत्काल सवारी साधनको व्यवस्था मिलाउनुपर्ने, उपप्रमुखलाई सवारी साधनको व्यवस्था हुनुपर्ने, जिल्लाको सञ्चित कोषको रकम जिससले खर्च गर्न पाउनुपर्ने उनीहरूले बताएका छन् ।

संघीय तथा प्रदेश ऐनको प्रस्तावनामा जिसस व्यवस्था आउनुपर्ने, यसअघि जिल्ला समन्वय समिति महासंघले सम्बन्धित निकायमा पेस गरेको मागपत्रलाई सम्बोधन गरिनुपर्ने उनीहरूको माग छ ।

वातावरण प्रभाव मूल्यांकनको अधिकार, मुलुकभरको जिससलाई एकरूपतामा व्याख्या गरिनुपर्ने उनीहरूले माग राखेका छन् ।

जिल्लाभित्रको प्राकृतिक सम्पदा संरक्षण समितिको प्रमुख र प्राकृतिक स्रोत परिचालन समितिको प्रमुख जिसस प्रमुख रहनुपर्नेदेखि चुरे संरक्षण क्षेत्र, अन्नपूर्ण संरक्षण क्षेत्र र स्थानीय तहको काम, कर्तव्य र अधिकार स्पष्ट हुनुपर्ने विषयमा उनीहरूले ध्यानाकर्षण गराएका हुन् ।

जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलालसहित कार्यकारी महासचिव कृष्णचन्द्र न्यौपाने, जिसस महासंघ गण्डकीका अध्यक्ष मनोहर विश्वकर्मासहित ११ जिल्लाकै प्रमुख र उपप्रमुखहरूले मुख्यमन्त्रीलाई ती माग सम्बोधनका लागि समन्वय समितिलाई ऐन बनाइदिन भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उनीहरूले संविधानको धारा २२० (७) (घ) मा प्रदेश कानुन बमोजिमका अन्य कार्यहरू गर्ने, बनाउनुपर्ने ऐन, कानुन अन्तर्गत ‘गाउँपालिका र नगरपालिका विच समन्वय, सहकार्य र सहजीकरण गर्नका लागि आवश्यक ऐन’, ‘विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने सम्बन्धी ऐन’ र ‘गैरसरकारी संस्थाहरूबाट सञ्चालित विकास निर्माण र अन्य कार्यक्रमको सम्बन्धमा अनुगमन गर्ने सम्बन्धी ऐन’ बनाइदिन पनि माग राखेका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “हामी जिल्ला समन्वय समितिका प्रमुख/उप–प्रमुखहरूले जिल्लामा गर्ने भूमिका र प्रभावकारी प्रदेश सरकारले जिससको स्पष्ट कार्यविधि र नियमावली, निर्देशिका, नबनाएको हुँदा हामीहरूले चाहेर पनि काम गर्न नसकिने अवस्था आएकाले जिल्लामा हुने अनुगमन लगायतको कामलाई चुस्त, दुरुस्त र प्रभावकारी रूपमा गर्न हामी संयुक्त रूपमा माग राखी जिससको कार्यविधि बनाउने सम्बन्धमा यो माग पत्र पेस गरेका छौँ ।”

विज्ञप्ति 

1 (1)1661166883.jpg2 (1)1661166881.jpg31661166881.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro