site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी अधिकारीहरूको पुनः ताइवान भ्रमणपछि चीन रुष्ट
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ । अमेरिकी अधिकारीहरूले पुनः ताइवानको भ्रमण गरेपछि चीन रुष्ट भएको छ । ताइवान जलसंयोगी (स्टे«ट)मा बढ्दो तनावबीचमा स्वशासित टापुको नेतृत्वसँग वार्ता गर्न आइतबार इन्डियानाका गभर्नर एरिक होल्कोम्ब ताइवान पुगेका थिए । चीनले त्यस घटनाउपर आफ्नो आक्रोश व्यक्त गरेको एएनआईलाई उदृत गर्दै भारतीय समाचार संस्था द प्रिन्टले जनाएको छ ।
 
अमेरिकी प्रतिनिधिमण्डलको यो दोस्रो भ्रमण हो । यसअघि अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको भ्रमणपछि चीनलाई आक्रोशित बनाएको थियो । र, ताइवान जलसंयोगीमा सैन्य तनाव उत्पन्न भएको थियो ।

“ताइवान र दक्षिण कोरियामा आर्थिक विकास यात्रा सुरु गर्न म ताइपेईमा आएँ । इन्डियाना १० ताइवानी र १२ दक्षिण कोरियाली व्यवसायीहरूको घर हो । यो हप्ता गभर्नरको रूपमा मेरो दक्षिण कोरियाको दोस्रो यात्रा हो । र, म महामारी अघिदेखि नै ताइवान भ्रमण गर्ने पहिलो गभर्नर भएकोमा गर्व गर्छु,” होल्कोम्बले ट्विटमा लेखेका छन् । 
 
यता, चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले उक्त भ्रमणलाई अमेरिकी राजनीतिज्ञहरूको ‘विषाक्त प्रवृत्ति’ र ताइवानलाई ‘प्यादा’को रूपमा प्रयोग गरेको टिप्पणी गरेको छ । 

ग्लोबल टाइम्सका अनुसार चीनले ताइवान समस्या समाधान गर्न आफ्नै गतिमा काम गर्नेछ । कुनै पनि सम्भावित समयमा अपरेसनलाई सामान्यकरण गरी पूर्णता दिन ताइवान जलसंयोगीमा अपरेसनहरू सञ्चालन गर्न तयारी सुरु गर्नेछ । द प्रिन्ट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  १३:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu