site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जित निश्चितपछि भावी बेलायती प्रधानमन्त्रीले के भने ?

लन्डन । बेलायतको संसदीय चुनावमा निकै अगाडि देखिएको लेबर पार्टीका नेता किएर स्टार्मरले आफूलाई मत नदिनेका निम्ति पनि काम गर्ने बताएका छन् । उनले भनेका छन्, “सबैको हितका लागि काम गर्नेछु ।”

स्टार्मरले मतदातालाई भनेका छन्, “म तपाईंहरूका निम्ति बोल्नेछु । हरेक दिन तपाईंहरूका लागि लड्नेछु । परिवर्तन गर्न तयार छु ।”

Dabur Nepal
NIC Asia

उनले थप भनेका छन्, “परिवर्तन अब सुरु भएको छ । यो तपाईंहरूको लोकतन्त्र हो । तपाईंको समुदाय र तपाईंको भविष्य हो । तपाईंहरूले मत दिनुभएको छ, अब नतिजा दिने समय हाम्रो हो ।”

विपक्षी नेता बन्नुअघि स्टार्मरले सन् २००८ देखि २०१३ सम्म इंग्ल्यान्ड एन्ड वेल्समा वकिलका रूपमा काम गरेका थिए । ६१ वर्षीय स्टार्मर चार वर्षदेखि विपक्षी नेता छन् । उनले लेबर पार्टीलाई वामपन्थी रुझानबाट राजनीतिक रूपमा मध्यमार्गमा लगेको श्रेय पाउँदै आएका छन् । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro