site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
जुम्लामा चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर, प्रदीपलाई भव्य स्वागत (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको  आइतबार (हिजो) जुम्लामा वर्ल्र्ड  प्रिमियर गरिएको हो । 

जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा प्रिमियर गरिएको हो । प्रिमियरमा चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र लेखक विकास सुवेदी सहभागी भएका थिए । 

चलचित्र स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको थियो ।  

Dabur Nepal
NIC Asia

“स्थानीयको पर्याप्त सहयोग र ठूलो उपस्थितिमा हामीले जुम्लाबाट वर्ल्ड प्रिमियर गर्यौं,” निर्माता महेन्द्र अधिकारीले भने, “करिव पाँच सयजनाको उपस्थिति रहेको थियो ।” प्रदीपको स्वागतमा स्थानीयले झाँकीसमेत निकालेका थिए ।
“जुम्लाबाट हामीले अपेक्षा गरेभन्दा पनि राम्रो प्रतिक्रिया पाएका छौं,” निर्माता महेन्द्रले भने “अब आशा छ, काठमाडौं र अन्य क्षेत्रका दर्शकले पनि चलचित्र मन पराउनु हुनेछ ।” 

“जुम्लाको परिवेशमा कथा भनिएका कारण चलचित्रको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेका हौँ,” निर्देशक दिनेश राउतले भने, “स्थानीय दर्शकले चलचित्र हेर्दा अपनत्व फिल गर्छन् वा गर्दैनन् भन्ने कुराले चलचित्र यर्थाथसँग कति नजिक छ भन्ने कुरा पनि प्रष्ट हुन्छ भन्ने हो । स्थानीले राम्रो भन्नु भयो, यसले हामीलाई थप विश्वस्थ र विश्वास बढाएको छ । 

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । 


NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu