अर्थ व्यवसाय
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ ।
२० करोड रुपैयाँको लगानीमा बूढानीलकण्ठ नगरपालिका–८, कपनस्थित सुन्दर बस्तीमा यही भदौभित्रै सपिङ सेन्टर सञ्चालन हुने सीईओ राजभाइ श्रेष्ठले बताए ।
त्यसपछि बौद्ध, पेप्सीकोलासहित अरू चार स्थानमा पनि सेवा सञ्चालन गरिने सीईओ श्रेष्ठले जानकारी दिए । पाँचवटै सपिङ सेन्टरमा करिब १५० जनाले रोजगारी समेत पाउनेछन् ।
खाद्य र ग्रोसरी, इलेक्ट्रोनिक्स समानहरू उक्त सपिङ सेन्टरमा बाहिर अरू पसलहरूमा भन्दा ५ प्रतिशत कम मूल्यमा उपलब्ध हुने श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १२:२४
प्रतिक्रिया दिनुहोस्