site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
डर्टमन्ड र लेभरकुसेन घरेलु मैदानमा पराजित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बोरुसिया डर्टमन्ड र बायर लेभरकुसेन शनिबार जर्मन बुन्डेसलिगा फुटबलमा पराजित भएका छन् । दुवै टिम घरेलु मैदानमा पराजित भएका हुन् ।

डर्टमन्डले दुई गोलको अग्रता लिए पनि अन्तिम मिनेट सम्हालिन नसक्दा वेर्डर ब्रेमनसँग ३–२ ले पराजित भएको हो । पहिलो हाफको इन्ज्युरी समयमा युलियन ब्रान्डटको गोलबाट डर्टमन्डले अग्रता लिएको थियो । राफायल गुइरेइरोले डर्टमन्डको अग्रता दोब्बर बनाए । दुवै गोलमा कप्तान मार्को रेउसले अवसर सिर्जना गरिदिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

८९औँ मिनेटमा ली बुचाननले गरेको गोलबाट पाहुना टोली वेर्डर ब्रेमनले पुनरागमन गर्‍यो । पाँच मिनेट इन्ज्युरी समयको तेस्रो मिनेटमा निकलस स्चमिडले बराबरी गोल फर्काए । अन्तिम मिनेटमा ओलिभर बुर्केले अर्को गोल थपेपछि वेर्डर ब्रेमनले नाटकीय विजय हासिल गरेको हो ।

जारी सिजन डर्टमन्डको यो पहिलो हार हो । डर्टमन्डले यसअघि लेभरकुसेन र फ्रेइबर्गलाई पराजित गरेको थियो । डर्टमन्डले तीन खेलबाट ६ अंक जोडेको छ । वेर्डर ब्रेमनको भने यो पहिलो जित हो । वेर्डर ब्रेमनले यसअघि दुवै खेलमा समान २–२ को बराबरी खेलेको थियो ।

Global Ime bank

लेभरकुसेनले घरेलु मैदानमा होफिनहेइमलाई ३–० को नतिजा सुम्पिएको छ । होफिनहेइमको जितमा क्रिस्टोफ बौमगार्टनर, एनड्रेज क्रमारिक र जर्जिनो रुटरले गोल गरेका थिए । लेभरकुसेन जारी सिजन जितविहीन छ । होफिनहेइमको भने यो लगातार दोस्रो जित हो ।

बुन्डेसलिगाका अरू खेलमा उल्फ्सबर्गले साल्केसँग गोलरहित बराबरी खेल्यो । मोइन्जले औसबर्गलाई २–१ ले हरायो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  २३:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय