site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बेलिङ्घम चम्किँदा इंग्ल्यान्ड क्वार्टरफाइनलमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । इन्जुरी समयको छैटौँ मिनेटमा जुड बेलिङ्घमले हारबाट जोगाउँदा इंग्ल्यान्ड स्लोभाकियाविरुद्ध पुनरागमन जितसहित युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार एरिना अफसाल्केमा भएको खेलमा साविक उपविजेता समेत रहेको इंग्ल्यान्ड इन्जुरी समयको चौथो मिनेटसम्म स्लोभाकियाविरुद्ध १–० ले पछि परेको थियो । तर, पाँचौ मिनेटमा बेलिङ्घमले मार्क गेहीको ‘हेडर फ्लिक’ मा उत्कृष्ट एक्रोब्याटिक गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काएका थिए । स्लोभाकियाविरुद्ध यो नै इंग्लिस टिमले पोस्टमा गरेको पहिलो प्रहार समेत थियो ।

Agni Group
NIC Asia

बेलिङ्घमको गोलपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जसमा कप्तान ह्यारी केनले इभान टोनीको पासमा ६ यार्ड बक्सबाट हेडर गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रतामा राखेका थिए । केनको यही गोल निर्णायक बन्दा साविक उपविजेता इंग्ल्यान्डले पुनरागमन जितसहित उपाधि यात्राको सम्भावना कायम राखेको हो ।

इंग्ल्यान्डले अब सेमिफाइनल प्रवेशका लागि स्वीट्जरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि स्वीट्जरल्यान्डले अन्तिम–१६ को खेलमा साविक विजेता इटालीलाई २–० ले निराश बनाउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  ०५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय