site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले आउँदो साउनपछि अहिलेका कामको परिणाम देखाउने बताएका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

सिंहदरबार वैद्यखानालाई पुरानै स्वरूपमा फर्काउने, राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नतिलगाय विषयमा मन्त्री यादवले यस्तो जवाफ दिएका हुन् । लामो समयदेखि एकै निकायमा रहेका कर्मचारी साउनमा सरुवा गरिने उनले जानकारी गराए ।

“धेरै कामको रिपोर्ट असार अन्तिममा नै आउँछ । थप सुधारका लागि साउन कट्न दिनुस्, देखाइदिन्छु काम भयो कि भएन,” मन्त्री यादवले भने ।

स्वास्थ्य क्षेत्रका समस्या समाधानका निम्ति आफूले सूक्ष्म ढंगले काम गरिरहेको उनले जिकिर गरे । नागरिकलाई निराश हुन नदिने आफ्नो नीति रहेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro