site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजेन्द्र राईको फरक मत : जबजको औचित्य समाप्त भएको छैन (पूर्णपाठ) 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृृत समाजवादी)का सचिव राजेन्द्र राईले फरक मत राखेका छन्। उनले जारी महाधिवेशनमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, झलनाथ खनालको नेपाली समाजवादी कार्यक्रमको प्रस्तावमा फरक मत राखेका हुन् । 

एकीकृत समाजवादीले यसपटक समाजवादी क्रान्तिको कार्यक्रम अघि सारेको छ । उनले फरक मत राख्दै जनताको बहुदलीय जनवाद (जबज)को अ‍ौचित्य समाप्त नभएको जिकिर गरेका छन् । 

“जबजका १४ वटा थप विशेषताहरू र जबजले विभिन्न विषय/शीर्षकमा अगाडि सारेका मान्यतामध्ये अहिले पनि र अझै पनि धेरैको सान्दर्भिकता समाप्त भएको छैन, पढे हुन्छ,” दस्तावेजमा राईले भनेका छन् । 

उनले एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा समाजवादको आधार तयार गर्नका लागि जनताको बहुदलीय जनवादी कार्यक्रममा आधारित भएर आर्थिक सामाजिक रूपान्तरणका कार्यहरू अघि बढाउनु अहिलेको मुख्य कार्यभार भएको उल्लेख गरेका छन् । त्यसलाई थप समृद्ध गर्दै अघि बढ्नुपर्ने उनको धारणा छ । 

उनले संगठन सुधारको संसदीय दलभित्र चुनाव गरेर नेता छनोट गर्ने प्रचलन र प्रक्रिया बन्द गरिनुपर्ने सुझाव राखेका छन् । “संसदीय दलको नेता छनोट सर्वसम्मत हुने अवस्थामा संसदीय दलबाटै छनोट गर्न सकिन्छ तर, विवाद भएको अवस्थामा बहुमत, अल्पमत मापन गरेर वा चुनाव गरेर दल नेता छनोट गर्न पाइँदैन/गर्न दिइनुहुँदैन,” उनले भनेका छन् । 

उनले प्रचुर उत्पादनबिना समाजवाद सम्भव नभएको भन्दै केही प्रश्न पनि उठाएका छन् । 

विवादको अवस्थामा पार्टीको केन्द्रीय कमिटीको निर्णयबाट दलको नेता छनोट गरिनुपर्ने सुझाव उनको छ । सबै संसदीय दललाई सर्वसम्मतिले नेता छनोट गर्ने समय सीमा केन्द्रीय कमिटीले तोकी दिनुपर्ने र तोकेको समयभित्र सर्वसम्मतिले दल नेता छनोट हुन नसके केन्द्रीय कमिटीले दल नेता छनोट गरिदिनुपर्ने धारणा राईको छ । 

त्यस्तै, उनले गठबन्धनको सरकारमा सहभागी हुने वा नहुने भन्ने कुराको निर्णय पार्टी केन्द्रीय कमिटीले गर्नुपर्ने बताए । पार्टी र जनवर्गीय संगठनको अन्तर सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा जननेता मदन भण्डारी र पुष्पलाल श्रेष्ठले अघि सार्न भएको अवधारणालाई मात्र कार्यान्वयनमा ल्याउन सकियो भने धेरै ठीक हुने उनको भनाइ छ । 

यस्तो छ पूर्णपाठ–


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro