site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र विकास बोर्डले २३ वर्षपछि पायो लोगो 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र विकास बोर्डको स्थापना भएको २३ वर्षपछि लोगो निर्माण गरिएको छ । आइतबार बोर्डको २४औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बोर्डको लोगो सार्वजनिक गरेकी हुन् । 

लोगो, नारा र धुन छनोट समितिका संयोजक केएल बुढाथोकीका अनुसार लोगोको डिजाइन ललितकलाका प्रोफेसर एवं वरिष्ठ कलाकार राधेश्याम मुल्मीले गरेका हुन् । लोगोमा नेपाली चलचित्रको इतिहासदेखि वर्तमानसम्मका विकासक्रम, रिअलिदेखि डिजिटलसम्मको प्रविधि र नेपाली मौलिकतालाई अभिव्यक्त गरिएको छ । 

लोगोसँगै बोर्डले ‘बुद्धको ज्ञान सगरमाथाको सान, राष्ट्रिय चलचित्र हाम्रो पहिचान’ आफ्नो नारा पनि तय गरेको छ ।  

चलचित्र ऐन २०२६ को १० (क) अनुसार २०५७ असार १६ गते बोर्डको स्थापना भएको थियो । यसअघिसम्म बोर्डले नेपाल सरकारको लोगो प्रयोग गर्दै आएको थियो । अब बोर्डले आफ्नो लोगो प्रयोग गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १७, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro