site stats
बाह्रखरी :: Baahrakhari
नेपाल राष्ट्र बैंक
थारू कलाकारहरूले राजधानीमा मनाए ‘अष्टिम्की’ (तस्बिरहरू)

काठमाडौं । थारू कलाकारहरूले संघीय राजधानी काठमाडौंमा कृष्ण जन्माष्टमी अर्थात् अष्टिम्की मनाएका छन् ।

थारू समुदायका महिलाहरूले कृष्ण जन्माष्टमी पर्वलाई विशेष महत्वका साथ मनाउने गर्छन्। भदौ महिनाको कृष्ण पक्षको अष्टमी तिथिमा पर्ने कृष्ण जन्माष्टमीलाई थारू भाषामा ‘अष्टिम्की’ भन्ने गरिन्छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थारू किशोरीहरूले आजका दिन आफ्नो परम्परागत भेषभुषामा सजिएर योग्य वर पाउन तथा विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायु र सुश्वास्थ्यको लागि दिनभर निराहार व्रत बस्ने गर्दछन् । 

त्यसै अनुरूप आज थारू कलाकारहरू दर्जन बढी संस्थाहरूले आज शुक्रबार संयुक्त रूपमा कृष्ण जन्माष्टमी अर्थात् ‘अष्टिम्की’ मनाएका हुन् । कार्यक्रममा उपस्थित थारू कलाकारहरू आफ्नो परम्परागत भेषभुषामा सजिएर आएका थिए । 

हेर्नुहाेस्, तस्बिरहरू ः

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  २३:१७
प्रतिक्रिया दिनुहोस्