site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लामा गरिने भएको छ । आगामी शुक्रबार अर्थात् भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबार जुम्लामा वर्ल्ड  प्रिमियर हुन लागेको निर्देशक दिनेश राउतले जानकारी दिए । 

जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँको मोक्ष माध्यमिक विद्यालयमा वर्ल्ड प्रिमियर गर्न लागिएको निर्देशक राउतले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

अक्सर चलचित्रको बर्ल्ड प्रिमियर स्ट्याण्डर्ड हलहरूमा रेडकार्पेटका साथ गर्ने सेलिब्रिटीहरूका बिच गर्ने गरिए पनि प्रकाशको वर्ल्ड  प्रिमियरमा भने चलचित्र हल नभएका कारण विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गरिन लागेको हो । 

चलचित्र स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी, विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिका साथै सम्पूर्ण गाँउबासीलाई निम्ता दिइएको निर्देशक राउतले बताए । 

“जुम्लाको परिवेशमा कथा भनिएका कारण चलचित्रको पहिलो दर्शकका रुपमा स्थानीय जनतालाई रोजेका हौँ,” निर्माण पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “स्थानीय दर्शकले चलचित्र हेर्दा अपनत्व फिल गर्छन वा गर्दैनन् भन्ने कुराले चलचित्र यर्थाथसँग कति नजिक छ भन्ने कुरा पनि प्रष्ट हुनेछ ।” चलचित्रको ८ गते बुधबार काठमाडौं प्रिमियर गरिनेछ ।

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । 

राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu