site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वसन्तपुरमा गुन्जिए अर्थर
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली मूलका गायक एवं अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल (अर्थर गन) बुधबार काठमाडौंको वसन्तपुरमा गुन्जिएका छन् । जन्मथलो आइपुगेकै दिन उनले त्यहाँ प्रस्तुति दिएका हुन् । उनी बुधबारै बिहान काठमाडौं आइपुगेका हुन् ।

बुधबार साँझ उनले वसन्तपुरको नव आदर्श विद्यालयअगाडि प्रस्तुति दिए । उनले ‘स्ट्रिट पर्फोम’ गरेका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यहाँको फोटो फेसबुकमा सेयर गर्दै अर्थरले लेखेका छन्, “मैले जहाँबाट सुरु गरेको थिएँ, त्यही गरेँ । जन्मूमिमा बस्किङ (सार्वजनिक स्थलमा स्वेच्छिक दानका लागि गरिएको प्रस्तुति), वसन्तपुर दरबार स्क्वायर । आफ्नो समय दिएर सुनिदिनुभएका तपाईं सम्पूर्ण र जसले यो सम्भव गरायो, तपाईं सम्पूर्णलाई धन्यवाद । सबैलाई अगस्ट २० मा क्लब प्लाटिनममा भेट्नेछौँ ।”

Royal Enfield Island Ad

उनी आउँदो शनिबार काठमाडौंको क्लब प्लाटिनममा गुन्जिँदै छन् । एक महिनाका लागि नेपाल टुरमा आएका अर्थरको दोस्रो प्रस्तुति यही अगस्ट २४ मा चितवन, अगस्ट २६ मा पोखरा र त्यसपछि अगस्ट ३१ मा बुटवलमा हुने तय छ ।

सन् २०२० को अमेरिकन आइडलका फर्स्ट रनरअप उनी त्यसपछि पहिलोपटक नेपाल आएका हुन् । नेपाल आइपुगेर उनी सिधै जन्मघर कलंकी गएका थिए । त्यहाँ भव्य स्वागत गरियो ।

उनको दोस्रो चरणको प्रस्तुति आउँदो सेप्टेम्बरदेखि सुरु हुनेछ । उनी केही पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूमा पनि सहभागी हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro