site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बलात्कार र हत्या आरोपमा थुनिएकाहरू रिहा 
SkywellSkywell

नयाँ दिल्ली । सन् २००२ मा भारतको गुजरातमा मुस्लिम समुदायविरुद्ध सुरु भएको हिंसात्मक दंगाको दौरान सामुहिक वलात्कारको शिकार भएकी तथा आफ्नै आँखा सामु आक्रोसित हिन्दू भीडबाट परिवारका १४ जना सदस्यको हत्या भएको विभत्स दृश्य देखेकी विल्किस वानो पुनः एकपटक चर्चामा आएकी छन् ।
 
उनीसँग सम्बन्धित बलात्कार र हत्याको मुद्दामा आजीवन कारावास सजाय भोगिरहेका ११ जना अभियुक्तलाई तामझामका साथ कारागार मुक्त गरिएकाले उनको पुनः चर्चा हुन थालेको हो ।  

रिहाइ पछि गोधरा कारगार बाहिर पङ्तिवद्ध उभिएका उनीहरुलाई आफन्तहरुले मिठाई ख्वाउँदै खुट्टा छोएर स्वागत र सम्मान गरेको दृश्यसहितको भिडियो फुटेज अहिले भाइरल भइरहेको छ । भारतको ७५ औं स्वाधिनता दिवसको उपलक्षमा गुजरात सरकारले तिनीहरुलाई कारागार मुक्त गर्ने निर्णयको घोषणा गरेको थियो । 

Dabur Nepal
NIC Asia

मुलुकमा र राज्य सरकारमा समेत हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (बिजेपी ) सत्तामा रहेकाबेला उठाइएका यस कदमको विपक्षी राजनीतिक पार्टी, अभियान्ता र थुप्रै पत्रकारहरुले विरोध गरेका छन् । उनीहरुले यो भारतको अल्पमत मुश्लिम समुदायको अधिकारविरुद्ध रहेको बताएका छन् ।
 
सन् २०१४ मा बिजेपीले संघीय सरकार बनाए यता यस समुदायमाथि आक्रमण कार्यमा वृद्धि हुन थालेको हो । एकजना वरिष्ठ सरकारी अधिकारीले तिनीहरुले कारगार मुक्त हुन दिएको आवेदनलाई तिनीहरुले १४ वर्ष कैद भुक्तान गरिसकेको, तिनिहरुको उमेर र कारगारमा उनीहरुको व्यवहारलाई आधार मानेर एउटा सरकारी आयोगले अनुमोदन गरेको बताएका छन् ।
 
सन् २००८ मा अदालतले दोषी करार गरिएका उनीहरुले १५ वर्ष जेल जीवन बिताइसकेको अवस्था छ । 

दि इन्डियन एक्सप्रेसले जनाएको छ, “मंगलबार हामीले विल्किस वानोसँग सम्पर्क गर्दा उनले आफूलाई एक्लै छोड्न अनुरोध गरिन् । उनले तीनवर्षको उमेरमा सोही घटनामा मारिएकी आफ्नी छोरी सालेहाको आत्मा शान्तिको लागि प्रार्थना गरेको बताइन् ।” 
 
उक्त साम्प्रदायिक दंगा चल्दा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यका मुख्य मन्त्री थिए । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu