
काठमाडौं । राजधानीमा आइतबार राेपाइँ जात्रा मनाइएको छ । धान राेपाइँ सम्पन्न भएपछि यो जात्रा नेवार समुदायले खुशीयालीमा हर्षोउल्लासका साथ मनाउने गर्दछन् । यो जात्रालाई नेवारहरूको संस्कृतिका रूपमा पनि लिने गरिन्छ ।
यो जात्रा गाईजात्राको भोलिपल्ट राेपाइँमा धान रोपेझैँ गरी नाच्ने गाउने र व्यङ्ग्य प्रस्तुत गर्दै मनाइन्छ । यसअघि राेपाइँ जात्रा मनाउन गाउँका खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेत वा ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाईलो गर्दथे भने अचेल गाउँ सहरमा परिणत भएपछि खेतको अभावमा सडकमा उस्तै चलनमा गर्ने गर्दछन् ।
आइतबार साँझ हाडीगाउँ पुग्दा हाडीगाउँका स्थानीयहरू राेपाइँ जात्रा धुमधामका र हर्षोउल्लासका साथ मनाइरहेका थिए । जात्रामा विभिन्न क्षेत्रका चर्चित व्यक्तित्वहरूको नक्कल गर्दै व्यङ्ग्य गरिरहेका थिए ।
नेवार संस्कृतिबाट सुरु भएको राेपाइँजात्रा देशका विभिन्न ठाउँहरूमा भव्य रूपमा मनाउने गरिन्छ ।
हेर्नुहाेस्, बाह्रखरीका हरिशजंग क्षेत्रीले खिचेका राेपाइँ जात्राका तस्बिरहरू ः