site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चोरेर अमेरिका पुर्‍याइएका मूर्ति फिर्ता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपालबाट हराएर अमेरिका पुर्‍याइएको १४औँ शताब्दीतिर बनेको पुरातात्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ ।

पुरातात्विक महत्त्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ ।

Agni Group
NIC Asia

शिवको मूर्ति महानगरपालिका–१९ स्थित कङ्केश्वरी मन्दिरबाट सन् १९९५ मा हराएको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए । दुवै मूर्ति अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटान म्युजियम अफ आर्टमा उपहारका रूपमा पुगेको खुल्न आएको छ ।

उक्त सामग्री नेपालको भएको विभागको अनुसन्धानबाट पुष्टि भएको प्रमाण पेस गरेपछि सम्बन्धित संस्थाले आफ्नै खर्चमा नेपाल फिर्ता गरेको हो । अमेरिका र बेलायतमा रहेका अन्य मूर्ति पनि फिर्ताको प्रक्रियामा रहेको महानिर्देशक गौतमले जानकारी दिए । 

Global Ime bank

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट १ थान, अमेरिकाबाट २५ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ , जर्मनी, इटालियन नागरिक र युरोपियन नागरिकबाट १–१ थान गरी जम्मा ८९ थान मूर्तिहरू नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  २२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu