अर्थ व्यवसाय
काठमडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले बिमा सरकारी कम्पनीले मात्र गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले निजी कम्पनीबाट बिमा गराउन नहुनेमा जोड दिए ।
पछिल्लो समय बिमा गर्न नचाहनेलाई पनि निजी कम्पनीका अभिकर्ताले करकाप गरेको उनको भनाइ छ ।
बिमा गर्न नसक्ने नागरिकलाई पनि बिमाको पहुँचमा ल्याउन सरकारले बिमा गरिदिनुपर्ने बताए ।
निजी संस्थाले बिमा गराएर कागजपत्र नपुगेको भन्दै अन्तिममा प्रतिफल पनि नदिने गरेकाले ती कम्पनी व्यापारमुखी भएको उनले उल्लेख गरे ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १३:२२
प्रतिक्रिया दिनुहोस्