site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
विराटनगर महानगरका प्रमुख र उपप्रमुखले लिए सरकारी गाडी सुविधा
फाइल तस्बिर ।
SkywellSkywell

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख र उपप्रमुखले सरकारी गाडी सुविधा लिन सुरु गरेका छन् ।

महानगरका प्रमुख नागेश कोइरालाले आफ्नो सचिवालयमार्फत सूचना जारी गर्दै सरकारी गाडी सुविधा लिने जनाएका छन् । उपप्रमुख शिल्पा निराला कार्कीले यसअघि नै सरकारी गाडी चढ्न थालिसकेकी छन् ।

KFC Island Ad
NIC Asia

गएको स्थानीय तह निर्वाचनअघि कोइराला र कार्कीले सरकारी गाडी नचढ्ने घोषणा गरेका थिए । “सरकारी गाडी प्रयोग नगर्ने निर्णय गरेको तर निर्वाचित भएर आएपछि निजी गाडीमा प्राप्त हुने तेल प्रयोग गर्दा पछि बेरुजु देखाउने भएको र गाडी धेरै लामो समयसम्म नचलाउँदा पछि त्यसको मर्मत गर्दा महानगरकै ठूलो रकम खर्च हुने भएकोले गाडी प्रयोग गर्ने निर्णयमा पुगेको,” मेयर कोइरालाको सूचनामा भनिएको छ ।

महानगरका जनप्रतिनिधि, कर्मचारी, प्राविधिक र शुभेच्छुकले समेत गाडी प्रयोग गर्न बारम्बार सुझाव दिएको कोइरालाको भनाइ छ ।

उपप्रमुख कार्कीले भने यसअघि नै गाडी सुविधा लिइसकेकी छिन् । उनले पनि त्यति बेला एक चुनावी घोषणासभामा सरकारी गाडी नचढ्ने जनाएकी थिइन् । कार्कीले पूर्वउपप्रमुखले चढ्ने गाडीको सट्टा पूर्वमेयरले चढ्ने गाडी रोजेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९  १२:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro