विशेष

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले लायकू भैलः नाचको अवलोकन गरेका छन् ।
नाच अवलोकन गर्न उनी शनिबार राति भक्तपुरको मध्यपुर थिमिस्थित बालकुमारी मन्दिरको डबलीमा पुगेका थिए । उनले करिब एक घण्टासम्म नाच अवलोकन गरेको जनाइएको छ ।
गाईजात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा छ ।
ने.सं ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा तत्कालीन राजा सुवर्ण मल्लले नवदुर्गा गणनाच, बोडेको नीलबाराही तथा थिमिको लायकू भैलः र महाकाली नाचको सुरुआत गरेको उल्लेख छ ।
थप तस्बिर हेर्नोस्–

प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १०:२५
प्रतिक्रिया दिनुहोस्