site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पको कर बढाउने निर्णयपछि अमेरिकी सेयर बजारबाट गुम्यो चार ट्रिलियन डलर

काठमाडौं । अमेरिकी सेयर बजारमा ठूलो गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर बढाएपछि आर्थिक मन्दी हुन सक्ने चिन्ता बढेसँगै सेयर बजारमा गिरावट आएको हो ।

एस एन्ड पी ५०० को गत महिनाको उच्च विन्दुयता अमेरिकी सेयर बजारबाट चार ट्रिलियन अमेरिकी डलर गुमिसकेको छ । एस एन्ड पी ५००ले अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत ५०० ठूला कम्पनीको पर्फमेन्स ट्र्याक गर्छ ।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनजस्ता प्रमुख व्यापारिक साझेदारबाट हुने आयातमा कर लगाएका छन् । ट्रम्पका नयाँ नीतिले व्यवसाय, उपभोक्ता र लगानीकर्तामा अनिश्चितता छाएको छ ।

Argakhachi Cement Island Ad

“हामीले स्पष्टरूपमा सेन्टिमेन्ट फेरिएको देखेका छौँ,” वेल्थ एन्हान्समेन्टका लगानी रणनीतिज्ञ अयाको योशियोकाले भनेका छन्, “पहिले काम गरेको धेरै कुराले काम गरिरहेको छैन ।”

अमेरिकी सेयर बजारमा सोमबार झन् धेरै सेयर बिक्री भएको छ ।

बेन्चमार्क एस एन्ड पी ५०० यस वर्ष सन् २०२५ मा हालसम्मकै बढी २.७ प्रतिशतले घटेको छ । यस्तै, नास्ड्याक कम्पोजिट पनि सोमबार ४ प्रतिशतले घटेको छ । यो सन् २०२२ को सेप्टेम्बर पछिको सबैभन्दा ठूलो दैनिक गिरावट हो ।

एस एन्ड पी ५०० सोमबार गत फेब्रुअरी १९ को उच्च रेकर्ड विन्दुबाट ८.६ प्रतिशत घटेर बन्द भएको हो । यसले बजारबाट चार ट्रिलियन अमेरिकी डलर गुमेको देखाएको हो ।

यस्तै, नास्ड्याक सोमबार गत डिसेम्बरको उच्चतम विन्दुबाट १० प्रतिशतभन्दा बढीले घटेर बन्द भएको छ ।

रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्