site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad
विश्व व्यवस्थाको भविष्य

युद्धोत्तर विश्व व्यवस्थाको भविष्यलाई अमेरिकी राष्ट्रपति ट्रम्पले गम्भीर अन्योलतर्फ धकेलिदिएका छन् । उनका हालका भाषण र संयुक्त राष्ट्रसंघका मतदानमा ट्रम्प प्रशासन आफ्नो शान्तिपूर्ण छिमेकी युक्रेनविरुद्ध युद्ध सुरु गर्ने आक्रमणकारी रूसको पक्षमा उभिएको देखिएको छ । उनका भन्सारसम्बन्धी धम्कीहरूले पुरानो गठबन्धन र विश्व व्यापार प्रणालीको भविष्यमै प्रश्न खडा भएको छ भने पेरिस जलवायु सम्झौताबाट र विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिने खेलले अन्तर्राष्ट्रिय चुनौतीमा गरिने सहकार्यलाई कमजोर पारेको छ ।

अमेरिकाको एकदमै अलग्गिएर आत्मकेद्रित हुने संभावनाको परिणाम विश्व व्यवस्थाका लागि चिन्ताजनक हुन सक्छ । रूसले सक्छ  शक्ति प्रयोग या धम्कीको माध्यमबाट यस परिस्थितिको फाइदा उठाएर युरोपमाथि प्रभुत्व जमाउने प्रयास गर्न सक्छ भन्ने सहजै कल्पना गर्न सकिन्छ । यस अवस्थामा युरोपले पनि थप एकता देखाउनुपर्छ र आफ्नै सुरक्षा व्यवस्था गर्नुपर्छ तर अमेरिकी सहयोग महत्त्वपूर्ण रहनेछ । त्यसैगरी, चीनले एसियामा आफूलाई बढी स्थापित गर्ने प्रयास गर्नेछ जहाँ अहिले नै खुला रूपमा आफ्ना छिमेकीहरूमाथि प्रभुत्व स्थापित गर्न खोज्दैछ । ती छिमेकीहरूले पक्का ध्यान दिएका छन् ।

राज्यहरू र अन्य प्रमुख अन्तर्राष्ट्रिय पात्रहरूका बीचको सम्बन्ध एकअर्कासँग जेलिएको हुने हुनाले यसबाट विश्वका सबै मुलुकहरू प्रभावित हुनेछन् । राज्यहरूबीच स्थिर शक्ति वितरण, व्यवहारलाई प्रभावकारी बनाउने र वैधता दिने मान्यताहरू तथा साझा संस्थाहरूका बीचमा नै अन्तर्राष्ट्रिय व्यवस्था निर्भर हुन्छ । एउटा विशेष अन्तर्राष्ट्रिय व्यवस्था क्रमशः विकास गर्न सकिएला तर कुनै प्रमुख शक्तिको घरेलु राजनीति धेरै हदसम्म परिवर्तन भयो भने  सबै अनुमान गलत साबित हुने रहेछ ।

राज्यहरूबीचको सम्बन्ध समयक्रममा फरक पर्छ तर व्यवस्था भने एक हदसम्म भन्दा बढी बदलिँदैन । आधुनिक राज्य प्रणालीको  विकास हुनुभन्दा पहिले व्यवस्था प्रायः चीन र रोमजस्ता क्षेत्रीय साम्राज्यहरूजसताको बल र विजयबाट थोपर्ने गरिन्थ्यो । त्यतिबेला शक्तिशाली साम्राज्यहरूबीचको युद्ध र शान्तिको अन्तर मापदण्ड र संस्थाहरूको नभएर प्रायः भूगोलमा आधारित हुन्थ्यो । । निकट रहेका कारण रोम र पर्सिया (आधुनिक इरान क्षेत्र) कहिलेकाहीं लडे भने रोम, चीन र मेसोअमेरिकी साम्राज्यहरूबीच लडाइँ भएन ।

साम्राज्यहरू आफैँ कडा र नरम (सफ्ट) शक्तिमा निर्भर थिए । चीन बलियो सामान्य मापदण्डहरू, विकसित राजनीतिक संस्थाहरू र आपसी आर्थिक लाभबाट जोडिएको थियो । रोम पनि गणराज्य कालमा त्यसरी नै चलेको थियो । रोमन साम्राज्यपछि युरोपमा संस्थाहरू र मान्यता चर्च र वंशानुगत राजतन्त्रहरूको रूपमा थिए । अर्थात् जनइच्छाबाट नभएर भौगोलिक क्षेत्रहरूमा प्रायः विवाह र पारिवारिक सम्बन्धको माध्यमबाट शासन परिवर्तन हुन्थ्यो  । युद्धहरू प्रायः वंशगत आधारमा हुनेगर्थे । यद्यपि सोह्रौं र सत्रौं शताब्दीमा धार्मिक उन्माद र भूराजनीतिक महत्त्वाकांक्षाले पनि युद्धहरू भएका थिए । रोमन क्याथोलिक चर्चको भेद र बढ्दो अन्तरराज्य प्रतिस्पर्धाका कारण प्रोटेस्टन्ट धर्मको उदय भएको थियो ।

अठारौं शताब्दीको अन्त्यमा फ्रेन्च क्रान्तिले लामो समयसम्म युरोपेली शक्ति सन्तुलन कायम राख्ने परम्परागत मान्यता र प्रणालीहरूको विघटन गर्‍यो । हुनत, नेपोलियनको साम्राज्यको खोज मस्कोबाट फर्किएपछि अन्ततः असफल भयो तर उनको फौजले धेरै भौगोलिक सीमाहरूलाई मेटेर नयाँ राज्यहरू स्थापना गरेको थियो । सन्  १८१५ को भिएना सम्मेलनमा आधुनिक राज्य प्रणाली सिर्जना गर्ने प्रथम प्रयासहरू भएका थिए।

भिएना सम्मेलनपछि खडा गरिएको 'युरोपेली सहअस्तित्व' ले पछिल्ला दशकहरूमा भने विभिन्न अवरोधहरूको सामना गरेको थियो । विशेषगरी सन् १८४८  पछि राष्ट्रवादी क्रान्तिहरू महादेशभरि फैलिए । यी अस्थिरताहरूपछि, अटोभोन बिस्मार्कले जर्मनीलाई एकीकृत गर्न विभिन्न युद्धहरू सुरु गरे र क्षेत्रीयरूपमा शक्तिशाली केन्द्रीय स्थान लिए । सन् १८७८ को बर्लिन सम्मेलनमा यो प्रकट भयो । काइसरले १८९० मा उनलाई बर्खास्त नगर्दासम्म रूससँगको गठबन्धनले एउटा स्थिर व्यवस्था उत्पादन । 

त्यसपछि पहिलो विश्वयुद्ध भयो र भर्साइको सन्धि र लिग अफ नेसन्स स्थापना भयो । यसको असफलताले दोस्रो विश्वयुद्धलाई निम्त्यायो । त्यसपछिको संयुक्त राष्ट्रसंघ र विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, र विश्व व्यापार संगठनको पूर्ववर्तीजस्ता ब्रेटन वुड्स संस्थाहरूको स्थापना बीसौं शताब्दीको सबैभन्दा महत्त्वपूर्ण संस्था निर्माणको प्रयास थियो । अमेरिकी वर्चस्व भएको हुँदा १९४५ पछिको समयलाई 'अमेरिकी शताब्दी'को रूपमा चिनिन्छ । सन् १९९१ मा शीतयुद्धको अन्त्यपछि एकध्रुवीय विश्व निर्माण गर्‍यो । यसले विश्व व्यापार संगठन, अन्तर्राष्ट्रिय फौजदारी अदालत र पेरिस जलवायु सम्झौतजस्ता संस्थाहरूको निर्माण र सुदृढीकरण सहज बनायो।

ट्रम्पको आगमनभन्दा अघि नै, केही विश्लेषकहरूले अमेरिकी व्यवस्था अन्त्यतर्फ जान सक्ने अनुमान गरेका थिए । एकाई बीसौँ शताब्दीले शक्ति वितरणमा अर्को परिवर्तन ल्याएको थियो, जसलाई सामान्यत: एसियाको उदय ( साँच्चै भन्ने हो भने पुनरोदय) को रूपमा वर्णन गरिन्छ । सन् १८०० ताका नै एसियाले विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेको थियो । औद्योगिक क्रान्तिपछि मात्र यो पश्चिमभन्दा पछि परेको हो । अन्य क्षेत्रहरूले जस्तै एसियाले पनि पश्चिमी सैनिक र सञ्चार प्रविधिले सम्भव बनाएको नयाँ साम्राज्यवादको सामना गरेको थियो ।

अब एसिया विश्व आर्थिक उत्पादनको नेतृत्वदायी आफ्नो पुरानो हैसियतका फर्कँदै छ । तर एसियालाई हालै भएको  फाइदा भने अमेरिकाको नभएर युरोपको मूल्यमा भइरहेको छ । अमेरिकाको अवस्था त खस्कनुको साँटो सा १९७० ताका जस्तै विश्वको कुल उत्पादनको एक चौथाइ हिस्सा ओगट्छ ।  अमेरिकाको वर्चस्वमा चीनले उल्लेखनीय चुनौती त दिएको छ तर अमेरिकालाई चीनले आर्थिक र सैनिकमात्र होइन वैदेशिक सम्बन्धमा पनि उछिन्न सकेको छैन । 

अन्तर्राष्ट्रिय व्यवस्था खस्किँदै गएको छ भने त्यसको कारण चीनको उदयजत्तिकै अमेरिकाको आन्तरिक राजनीति पनि हो । प्रश्न के हो भने हामी समग्रमै अमेरिकाको पतनको नयाँ युगमा प्रवेश गर्दैछौँ वा यो अमेरिकी शताब्दीका संस्था र गठबन्धनहरूमाथि ट्रम्पको दोस्रो पदावधिको आक्रमणबाट उत्पन्न क्षणिक प्रभावमात्र हो ? यसको उत्तर थाहा पाउन सन् २०२९ सम्म पर्खनु त पर्ला । 

( हार्भर्ड विश्वविद्यालयका प्रोफेसर एमेरिटस ) 

Copyright: Project Syndicate, 2025.


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro