site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिपिन्सका पूर्वराष्ट्रपति दुतेर्ते पक्राउ

काठमाडौं । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा मनिलामा पक्राउ गरिएको छ । हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलमै हिरासतमा लिइएको थियो ।

उनको कार्यकालमा लागुपदार्थ विरोधी अभियानका नाममा हजारौं व्यक्तिको सरकारी सुरक्षाकर्मीले गैरकानुनी हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

मानव अधिारवादीहरूका अनुसार ३० हजार जनाको गैरकानुनी हत्या गरिए पनि केही व्यक्तिमाथि मात्र कारबाही चलाइएको थियो । दुतेर्ते सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro