site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सजिलो नेटको ब्रान्ड एम्बासडरमा बद्री पंगेनी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले लोकगायक बद्री पंगेनीलाई ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले सोमबार पंगेनीसँग सम्झौता गरेको हो ।

"बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दुरी घटाउँदै सबैलाई सरल, सुलभ तथा सुपथ इन्टरनेट सेवामार्फत जोड्ने प्रयास गरिरहेका छौँ," सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतिश कार्कीले भने ।

सजिलो नेटले देशभरका नेपालीसँग आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने दिशातर्फ महत्त्वपूर्ण कदम चालेको कम्पनीले जनाएको छ ।

गायक पंगेनीले आफ्नो उत्साह व्यक्त गर्दै भने, “इन्टरनेट आजको जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । सजिलो नेटले सहज र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ, जसका कारण म यस ब्रान्डसँग जोडिन पाउँदा निकै खुसी छु ।”

सजिलो नेटले आधुनिक इन्टरनेट सेवा विस्तार गर्दै ग्राहकलाई उच्च गुणस्तरीय, सरल, सुलभ तथा सुपथ इन्टरनेट कनेक्टिभिटी प्रदान गर्ने लक्ष्य राखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro